कला


कस्तो छ अजय देवगनको 'भुज द प्राइड अफ इन्डिया'?

कस्तो छ अजय देवगनको 'भुज द प्राइड अफ इन्डिया'?

नेपालखबर
साउन ३०, २०७८ शनिबार १३:१७, काठमाडौँ

बलिउड अभिनेता अजय देवगनको फिल्म 'भुज द प्राइड अफ इन्डिया' शुक्रबार रिलिज भएको छ। 

यो फिल्ममा भारतीय वायु सेनाले देश रक्षाका लागि देखाएको बहादुरीलाई बर्णन गरिएको छ। 

फिल्मको कथा सन् १९७१ मा भारत र पाकिस्तानबीच भएको युद्धको हो। यस क्रममा पाकिस्तानी सैनिकले भुज एयरबेसमा १२ वटा बम खसालेर हमला गर्छन्। 

त्यसपछि त्यहाँ नजिकैको गाउँ  माधापारमा बस्ने ३ सय महिलाहरुले आफ्नो जिन्दगी दाउमा राखेर इन्डियन एयरफोर्सको रनवे रातारात मर्मत गर्छन्। 

ताकि त्यहाँ भारतीय सैनिक उनीहरुको सहयोगका लागि आउन सकुन्। भुज एयरबेसका स्क्वाड्रन लिडर विजय कार्णिक (अजय देवगन)  ले रनवे मर्मतका लागि ती स्थानीयलाई प्रेरित गरेका थिए। 

यो फिल्मले संकटको घडीमा देशका नागरिक र इन्डियन सेनाबीचको सहयोगलाई सम्झाउँछ। 

'भुज द प्राइड अफ इन्डिया'का निर्देशक अभिषेक दुधैयाले गुमनाम योद्धाहरू र उनीहरूको अविश्वसनीय बहादुरीको कथा फिल्ममा देखाएका छन्। 

जसमा अजय देवगनले उत्कृष्ट प्रदर्शन गरेका छन्। फिल्मको परिचयमा लेखिएअनुसार फिल्म काल्पनिक हो र वास्तविक घटनामा आधारित छ। 

फिल्मको मध्यान्तर अघिसम्म धेरै पात्रको उपस्थिति छ, जसमा वीरता प्रदर्शन गरिएको छ। त्यस अवधिमा भुज एयरबेसमा भएको हमला देखाइएको छ। 

फिल्म दोस्रो भाग अधिक रोचक छ। फिल्ममा एक्सन गेम पोइन्ट एकदम सही छ। दर्शकलाई युद्धका दृश्यले निकै रोचकता प्रदान गर्नेछन् ।

फिल्ममा ध्वनीको संयोजनले दर्शकलाई दर्शकलाई तानिरहन्छ।  हेर्दा लागिरहन्छ कि हामी स्वयम् युद्धको मैदानमा छौं ।

अजय देवगन आफ्नो चरित्रमा यति पर्फेक्ट छन्, लाग्छ कि उनीबाहेक अरु कसैले यो दृश्य गर्नै सक्दैन। यो फिल्मले देशप्रेम झल्काएको छ। 

सञ्जय दत्त, सोनाक्षी सिन्हा, शरद केलकर र एमी विर्कको अभिनय पनि तारिफयोग्य छ। क्यामियोमा, नवनी परिहार पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा सुहाउँदो देखिएकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .