कला


विभेदविरुद्ध ‘निहारिका’

विभेदविरुद्ध ‘निहारिका’

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार १५:२१,

उपन्यासकार प्रकाश तिवारीको तेस्रो उपन्यास ‘निहारिका’ विमोचन भएको छ। शुक्रबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा समीक्षक राजकुमार बानियाँ, कथाकार उमा सुवेदी र पत्रकार एवं कथाकार विमल नेपालले ‘निहारिका’ विमोचन गरे।

उपन्यासमाथि बोल्दै कथाकार विमल नेपालले निहारिकाको माध्यमबाट लेखकले सामाजिक विभेदको यथार्थ उजागर गरेको बताए। नेपालले लेखकले उटाएको वर्गीय असमानताको चित्रण प्रभावशाली रहेको दाबी गरे।

यस्तै अर्का वक्ता उमा सुवेदीले नारी पात्रको अन्तरजातीय प्रेम र नारी पात्रको सामाजिक संघर्षलाई निहारिकाले सशक्त ढङ्गले उठाएको बताइन्। समीक्षक राजकुमार बानियाँले भने लेखक तिवारीले परम्परागत शैली पछ्याए पनि दलित जनजीवनको स्वर उठाउन सक्नु नै ठूलो कुरा रहेको बताए। ‘उपन्यासमा केही फिल्मी शैलीले पात्रहरूलाई चित्रित गरिएको छ’ बानियाँले भने, ‘तर पनि गण्डक क्षेत्रको आञ्चलिक स्वादले निहारिका पठनीय भएको छ।’

लेखक तिवारीको यो तेस्रो उपन्यास हो। यसअघि उनको २०७२ सालमा ‘परित्यक्त’ र २०७४ सालमा ‘निलोफर’ उपन्यास प्रकाशित भइसकेको छ। यस्तै विभिन्न पत्रपत्रिकामा फुटकर कथा प्रकाशित गराइसकेका तिवारी नेपालको सामाजिक जीवनलाई आधार बनाएर आख्यान लेख्ने गर्छन्। ‘निहारिका’मा पनि उनले अन्तरजातीय प्रेमसम्बन्ध र जातीय छुवाछुतको मुद्दा उठाएका छन्।

‘इन्डिगो इन्क’ले प्रकाशन गरेको उपन्यासको मूल्य २ सय ९९ राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad