पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ ग्रुप ‘द कार्टुन क्रु’ फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ। कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी, कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्पा डी लामाको सम्पादन रहेको छ।
द कार्टुन क्रु को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा आमा न भएकी सानु छोरीको कथासँग जोडिएर बनाइएको छ जहाँ जुनियर कार्टुन क्रु का साना साना भाइ बहिनीहरुको नृत्य तथा अभिनय पनि रहेको छ।
बिगत ३ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन्।
कात्तिक १, २०७६ शुक्रबार १२:३३

प्रतिक्रिया