नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले भारतसँग द्धिपक्षीय व्यापारमा पारवहन ढुवानी लागत घटाउन आग्रह गरेका छन्।
भारत भ्रमणको अवसरमा नयाँ दिल्लीस्थित पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले चेम्बरले आउँदो २०७६ फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्पोमा भारतीय उद्योगी व्यवसायीलाई सहभागिता जनाउन अनुरोध पनि गरे। उनले सिमावर्ती क्षेत्रका चेम्बरहरुबीच सहकार्य गर्न र व्यापार मेला/प्रर्दशनीमा सहभागिता जनाउनुपर्नेमा जोड दिए।
नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको आतित्थ्यतामा सम्पन्न कार्यक्रमा नेपालका लागि पूर्व राजदूत तथा इन्डिया नेपाल सेन्टर, पीएचडीका अध्यक्ष केभी राजनले नेपालसँग भारतको घनिष्ट सम्बन्ध रहेको र यसबाट लगानी र व्यापार एंव आर्थिक कृयाकलापमा वृद्धि गर्न यस्ता कार्यक्रमले ठोस सहयोग पु-याउने बताए। साथै उनले इन्डिया नेपाल सेन्टरको स्थापनामा चेम्बर सह संयोजक भई कार्य गरिरहेको र यसमा आगामी दिनहरुमा थप तीब्रता आउने विश्वास व्यक्त गरे।
कार्यक्रममा पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजका अध्यक्ष डा डिके अग्रवालले भारतको नेपालसँग परापूर्वकालदेखि सास्कृतिक, आर्थिक एंव व्यापारिक सम्बन्ध रहेको र दुई चेम्बरबीच सहकार्य गरी यो सम्बन्ध अघि बढी मजबुत गर्न लगानी, पर्यटन व्यापारमा जोड दिन आफू र आफ्नो संस्था इन्डिया नेपाल सेन्टर मार्फत र द्धिपक्षिय रुपमा समेत तैयार रहेको बताए।

प्रतिक्रिया