ad ad

कला


'फातसुङ' अब अंग्रेजी संस्करणमा पनि

'फातसुङ' अब अंग्रेजी संस्करणमा पनि

नेपालखबर
साउन २, २०७८ शनिबार १३:२,

काठमाडौं। नेपालीभाषी भारतीय लेखक छुदेन काविमोले शनिबार सामाजिक सञ्जालमा एउटा खुसी साटे, 'फातसुङको अंग्रेजी संस्करण युकेबाट पनि आउँदै छ।'

२०७६ सालमा नेपालबाट प्रकाशित उपन्यास हो, 'फातसुङ'। पुस्तकका लेखक काविमोले फातसुङको लोकप्रियता यतिसम्म बढ्छ भने सोचेका पनि थिएनन्। 'फातसुङ' लेख्दै गर्दा मैले कहिले सोचिनँ, कि एउटा सानो गाउँबाट शुरू भएको यो कथालाई एक दिन दुनियाँले पढ्नेछ !' 

छुदेनले सामाजिक सञ्जालमा लेखेका छन्, 'नेपाली पाठकले फातसुङ-लाई दिएको प्रेमको छहारी निकै अग्लो छ। जहाँ म घाममा शीतल ताप्न सक्छु। वर्षातमा ओतिन सक्छु।'

फातसुङको अंग्रेजी संस्करण अब युकेबाट आउने निश्चित भएको छ। त्यसका लागि ब्रिटिश पब्लिकेशन हाउससँग सम्झौता भएको उनले बताए। 

फातसुङलाई अंग्रेजीमा अजित बरालले अनुवाद गरेका छन्। यसअघि यो पुस्तक बंगाली भाषामा पनि आइसकेको छ र हिन्दीमा पनि छिट्टै आउने छुदेनले बताएका छन्।  लेप्चा भाषामा ‘फातसुङ’को अर्थ माटोको कथा भन्ने हो। पुस्तकमा पश्चिम बंगालका लेप्चा जनजातिको कथा समेटिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .