ad ad

कला


भारतीय अभिनेत्री सुरेखा सीकरीको निधन

भारतीय अभिनेत्री सुरेखा सीकरीको निधन

नेपालखबर
साउन १, २०७८ शुक्रबार १५:२६,

मुम्बई टीभीको चर्चित कार्यक्रम ‘बालिका बधु’ मा हजुरआमाको भूमिका निभाएकी अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षको उमेरमा निधन भएको छ।

सुरेखाको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको हो। उनी लामो समयदेखि बिरामी थिइन्। सन् २०२० मा सरेखालाई दोस्रो पटक ब्रेन स्ट्रोक भएको थियो। यस भन्दा सन् २०१८मा पक्षाघातको स्ट्रोक हुँदा उनी ह्विलचेयरमा थिइन्। 

सुरेखाले सहायक अभिनेत्रीको रूपमा तीन राष्ट्रीय पुरस्कार जितेकी थिइन्। 

‘बधाई हो’ भन्दा पहिले उनी सन् १९८८मा फिल्म ‘तमस’ र १९९५मा ‘मम्मो’को लागि उत्कृष्ट सहयोगी अभिनेत्रीको सम्मान पाएकी थिइन्। 

सुरेखाको जन्म उत्तर प्रदेशमा भएको थियो। उनले सन् १९७१ मा नेशनल स्कुल अफ ड्रामाबाट ग्र्याजुएसन गरेकी थिइन्।

सुरेखाले सन् १९८९मा संगीत नाटक अकादमी पुरस्कार जितेकी थिइन्। सुरेखाका बुबा वायुसेनामा थिए र आमा शिक्षिका थिइन्। सुरेखाको विवाह हेमन्त रेगेसँग भएको थियो। उनीहरूको राहुल सिकरी नामको एक छोरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .