‘नखुलेको रंगीन संसार खुलेर आयो
जिन्दगीले सयौँ सयौँ सपना सजायो’
गीतकार विपिन किरणको नयाँ गीत ‘रंगीन संसार’ हालै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
गीतको भिडिओमा चर्चित हास्य टेलिशृंखला ‘सक्किगो नि’का पात्र ‘बले’ अर्थात् सागर लम्साल र कलाकार रियाशा दाहालले स्क्रिन सेयर गरेका छन्।
गीतमा वर्षौंदेखि प्रेमीलाई पर्खिरहेकी प्रेमिका र उनीहरू भेट भएपछिको उल्लासपूर्ण क्षणलाई प्रस्तुत गर्न खोजिएको छ।
सागर र रियाशासँगै विजय ढंगोल र स्रवानी थापाको पनि अभिनय देख्न सकिन्छ।
भिडिओलाई निकेश खड्काले निर्देशन गरेका छन्। गायिका अस्मिता अधिकारी र किरण भुजेलले स्वर दिएको गीतमा दीपक शर्माले संगीत दिएका छन्।
भिडिओ
3
Shares
प्रतिक्रिया