ad ad

कला


‘कोमल कविता’विरुद्ध मनोज गजुरेलको ‘कठोर कविता’

‘कोमल कविता’विरुद्ध मनोज गजुरेलको ‘कठोर कविता’

नेपालखबर
असार २३, २०७८ बुधबार १५:३६,

राष्ट्रिय सभाको बैठकमा एमालेबाट सांसद कोमल वलीले  ‘बाँदरको जमात र अमृतपानको सपना’ कविता सुनाएपछि त्यसको व्यापक चर्चा जारी छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय राष्ट्रिय सभा सदस्य वलीले गत सोमबार सुनाएको त्यो कवितामार्फत एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षलाई कटाक्ष गरेको धेरैको बुझाइ छ। कवितामा उनले बाँदर, छेपारोजस्ता शब्द प्रयोग गरेकी छन्।  

त्यस कविताबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन्। कतिपयले गायिकासमेत रहेकी सांसद वलीको कडा आलोचना पनि गरिरहेकी छन्। 

यही चर्चाबीच चर्चित हास्य कलाकार मनोज गजुरेलले एउटा व्यंग्यात्मक कविता रचेका छन्। जसलाई उनले शीर्षक दिएका छन्– कोमल कविता विरुद्ध कठोर कविता!

उनी लेख्छन् : 

कोमल कविता 
बाँदरहरूको देश हुँदैन
ढेडुहरूको भेष हुँदैन
कुकुरहरूको बेस हुँदैन
भुतहरूको फेस हुँदैन

कठोर कविता
छेपारेहरूको रंग हुँदैन 
चेपारेहरूको ढंग हुँदैन 
मूर्तिहरूको अंग हुँदैन
फूर्तिहरूको रंग हुँदैन

यो पनिः 

राष्ट्रिय सभामा सुनाएको कविताको व्यापक आलोचना भएपछि कोमल वलीले दिइन् स्पष्टीकरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .