बाजुरामा मतपत्र जलाइएको छ। स्वामी कार्तिक खापर गाउँपालिका–१ रुडीस्थित भगवती आधारभुत विद्यालय मतदानस्थलको एउटा मतपेटिकामा आगो लागेको हाे।
मतदान केन्द्रमा रहेको समानुपातिक तर्फको मतपत्रमा आगलागी भएको हो।
प्रदेशसभाको समानुपातिकतर्फ ‘क’ बुथमा ब्याले बक्स भित्रै मतपत्रमा आगो लगाइएको हो। स्वामिकार्तिक फापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायले ब्यालेटबक्समा आगो बलिसकेपछि मात्र देखिएको जानकारी दिए।
कसले आगो लगाएको भन्ने खुलेको छैन्। अहिले त्यहाँ मतदानको सम्पूर्ण प्रकिया रोकिएको छ। दोलखाको बैतेश्वर वडा नं १, २ र ६ नम्बर वडामा मतदान रोकिएको छ। तामाकोशीको कालापानी मतदान केन्द्रमा पनि मतदान सुरु भएको छैन।
2.0k
Shares

प्रतिक्रिया