निर्वाचन विशेष


पोखरा महानगर : साढे २२ हजार गन्दा धनराजले ल्याए ९४०२ मत, थापा पछ्याउँदै

पोखरा महानगर : साढे २२ हजार गन्दा धनराजले ल्याए ९४०२ मत, थापा पछ्याउँदै

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १५:२६, कास्की

पोखरा महानगरपालिकामा अहिलेसम्म २२ हजार ४ सय ६० मत गणना गरिसकिएको छ। 

पछिल्लो पटक सार्वजनिक मत परिणामा अनुसार पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायम गरिराखेका छन्। 

गठबन्धका उम्मेदवार आचार्यले ९ हजार ४०२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार ९५४ मत प्राप्त गरेका छन्। 

मेयर पदका अर्का आकांक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार शंकर खरालले भने एक हजार मत पुर्याएका छन्। 

खरालले १ हजार १ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार गनेश पौडेलले भने ५ सय ४ मत प्राप्त गरेका छन्। 

विवकेशील साझाका उम्मेदवार सुशीला केसी अधिकारीले ६१ मत ल्याएकी छिन्। 
उपमेयर पदमा नेकपा एमालेकी उम्म्ेदवार मञ्जु गुरुङले ९ हजार ४० मत प्राप्त गरेकी छिन्। नेपाली काग्रेसकी उम्मेदवार कोपीला रानाभाटले भने ९ हजार ६७९ मत प्राप्त गरेकी छिन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवारले भने ९ सय १९ मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad