निर्वाचन विशेष


धनगढी उपमहानगर : १७१५९ गन्दा स्वतन्त्र उम्मेदवार झण्डै ४ हजार मतले अगाडि

धनगढी उपमहानगर : १७१५९ गन्दा स्वतन्त्र उम्मेदवार झण्डै ४ हजार मतले अगाडि

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १५:१९, कैलाली

कैलालीको धनगढी उपमहानगरपालिकामा अहिलेसम्म १७ हजार १५९ मतपत्र गणना सकिएको छ।

यसमध्ये उपमहानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले ७ हजार ८१६ मत प्राप्त गरेका छन्। 

उनलाई नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वड ३ हजार ८७१ मतका साथ पछ्याइरहेका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका वड उपमहानगरपालिकाका निवर्तमान प्रमुख पनि हुन्। 

धनगढीमा नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द १ हजार ९२१ मतका साथ तेस्रो स्थानमा छन्। 

उपमहानगरपालिका उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शान्ति अधिकारी ३ हजार ४१६ मतसहित पहिलो स्थामा छन्। 

उनलाई एमाले उम्मेदवार कन्दकला राना ३ हजार ३०७ मतका साथ पछ्याइरहेकी छन्। उपप्रमुखका स्वतन्त्र प्रभाकर भण्डारीले १ हजार ९०० मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad