निर्वाचन विशेष


भरतपुर महानगर : रेनुले विजयसँग लिइन् झण्डै २ सय मतको अग्रता

भरतपुर महानगर : रेनुले विजयसँग लिइन् झण्डै २ सय मतको अग्रता

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १४:५०, चितवन

चितवनको भरतपुर महानगरमा १९ हजार ३ सय ८३ मत गनिएको छ। 

उक्त मत गन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले झण्डै २ सय मतको अग्रता लिएकी छिन्। 

पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा रेनुको अग्रता १९८ मत छ। 

दाहालले हालसम्म ६५२४ मत पाएकी छिन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ६३२६ मत ल्याएका छन्।  

उता स्वतन्त्र उठेका जगन्नाथ पौडेलले पनि ३१८१ मत ल्याएका छन्।  

उपमेयरतर्फ चित्रसेन अधिकारी (कांग्रेस)ले ७९३९ मतसहित पहिलो स्थानमा रहँदा राप्रपाकी हिमला गुरुङले ५१७९ मत ल्याएकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad