निर्वाचन विशेष


केपी ओली र माधव नेपालको क्षेत्रमा राप्रपाको धक्का

केपी ओली र माधव नेपालको क्षेत्रमा राप्रपाको धक्का

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १२:५, काठमाडौँ

देशभर पछि परेको राष्ट्रिय प्रजातन्त्र पार्टीले गणना भइरहेका तीनवटा नगरमा मात्रै अग्रता लिएको छ। 

हेटौंडा उपमहानगरपालिकामा चर्को प्रतिस्पर्धा भइरहँदा, दमक नगरपालिका, हल्दीबारी गाउँपालिका र काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका उम्मेदवारले अग्रता लिएका हुन्। 

राप्रपाले अग्रता लिएको दमक केपी ओलीको र काठमाडौंको शंखरापुर माधव नेपालको निर्वाचन क्षेत्रमा पर्छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा राप्रपाले ९ सय मतको अग्रता लिएको छ। नगर प्रमुखमा राप्रपाका रामकुमार थापाले ७ हजार २०१ मतसहित अग्रतथा बनाएका हुन्।

उनका प्रतिस्पर्धी एमालेकी गीता कुमारी पौडेल अधिकारीले ६ हजार ३२४ मत पाएकी छन्। यहाँ उपप्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसकी रेगिना भट्टराईले ६ हजार ८७९ मत पाउँदा प्रतिस्पर्धी अम्बिका प्रसाद खनालले ६ हजार २११ मत पाएका छन्। यहाँ सत्ता गठबन्धनले राप्रपालाई सहयोग गरेको छ। 

झापाकै हल्दिबारी गाउँपालिकामा पनि राप्रपाका रविन्द्रप्रसाद लिङदेनको अग्रता छ। यहाँ पनि राप्रपाले एमालेलाई पछि पारेको हो। लिङदेनले ५ हजार १४१ मत ल्याउँदा एमालेका डम्बरबहादुर गिरीले ३ हजार ६३५ मत मात्रै पाएका छन्। 

उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनालीले ४ हजार २४ मत सहित अग्रता लिएकी छन्। एमालेकी शान्तादेवी गौतमले ३ हजार ३९३ मत पाएकी छन्। 

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार लेपालको निर्वाचन क्षेत्रमा पर्ने काठमाडौंको शंखरापुर नगरपालिकामा पनि राप्रपाले अग्रता लिएको छ। 

शंखरापुरमा २ हजार ७१७ मत गणना गर्न बाँकी हुँदा राप्राले २१८ मतको अग्रता बनाएको छ। राप्रपाका रमेश नापितले ३ हजार ७०३ मत पाउँदा एकीकृत समाजवादीका एलपी श्रेष्ठले ३ हजार ४८५ मत पाएका छन्। 

उनलाई नेपाली कांग्रेसको पनि साथ छ। उपप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठको जित सुनिश्चित भइसकेको छ। उनले ५ हजार ५३४ मत पाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad