अब पोखरामा १२ हजार ४९९ मतमात्र गन्न बाँकी छ। त्यसमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ५२ हजार ९७२ मत प्राप्त गरेका छन्।
यो उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले पाएको भन्दा ४ हजार ४४६ मत बढी हो। अहिले कायम रहेको मतान्तर र मतान्तरको शैली हेर्ने हो भने धनराज जित नजिक पुगेका छन्।
यता, उपमेयरमा पनि अवस्था उस्तै छ। एमालेकी मञ्जुदेवी गुरुङ र कांग्रेसकी कोपिला रानाभाटबीचको मतान्तर पनि ४ हजार २२ मतको छ।
मञ्जुले ५५ हजार ५०४ र कोपिलाले ५१ हजार ४१२ मत पाएका छन्।
मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ४६२ र उपमेयरकी उम्मेदवार रञ्जना सेनले पनि सोही परिणाममा मत पाएकी छन्।
699
Shares

प्रतिक्रिया