निर्वाचन विशेष


अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जान्छ : वरिष्ठ नेता पौडेल

अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जान्छ : वरिष्ठ नेता पौडेल

नेपालखबर
जेठ ९, २०७९ सोमबार १४:५८, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउनका लागि भएकाले अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जाने बताएका छन्।

तनहुँको व्यास नगरपालिको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि परिवर्तनका पक्षधर पाँच दलका बीचमा गठबन्धन भएको दोहोर्याए।

उनले व्यास नगरवासी र तनहुँबासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गरेको भन्दै आभार व्यक्त गरे।

पौडेलले व्यवस्थालाई स्थायी बनाउने, विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टचार मुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँबासीलाई होस्टेमा हैँसे थपिदिएको स्पष्ट पारे।

उनले सत्तारुढ गठबन्धनमा आवद्ध परिवर्तनका पक्षधरहरुको अभियान नेपाललाई समृद्ध बनाउने र नेपाललाई बचाउने अभियान भएको पनि बताए।

उनले स्थानीय चुनावमा व्यास नगरवासीले गरेको मेहनत र सफलतामा नगरपालिकाको भविष्य जोडिएको भन्दै विजयी नेताहरुलाई जनताको विश्वासलाई कहिल्यै टुट्न नदिई शासक होइन जनताको सेवक बनेर काम गर्न निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad