तनहुँको ब्यास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेस छाडेर एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीलाई २५२ मतान्तरले पराजित गदै कांग्रेसका बैकुण्ठनाथ न्यौपाने विजयी भएका हुन्।
उनी १२ हजार ७८ मतसहित विजयी भएका हुन्। कैंची चुनाव चिन्ह पाएका प्रतिस्पर्धी जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरै विजयी भएकी छिन्। उनी १३ हजार ४ सय ९८ मतसहित विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी एमालेकी बसुन्धरा घर्ती १० हजार ४२ मत प्राप्त गरेकी छिन्।
कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरासमेत रहेका दीपकराजलाई एमालेले समर्थन गरेको थियो।
सुरुदेखि अग्रता लिएका जोशीले अन्तिम मतपरिणाम सार्वजनिक हुँदा २५२ मतान्तरले पराजित भएका हुन्।
Shares
प्रतिक्रिया