पार्टी परिवर्तन गरेर मोरङको रंगेली नगरपालिकाको मेयरमा उम्मेदवार बनेका दिलिप बगडिया विजयी भएका थिए।
माओवादीबाट एमालेमा प्रवेश गरेका बगडिया दोस्रो कार्याकालका लागि पुनः मेयरमा निर्वाचित भएका हुन्। बगडियाले १२ हजार ६८१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोदराज घिमिरेले ९ हजार ६१ मत प्राप्त गरे।
यसैगरि उपमेयरमा एमालेकी भुमा कुमारी पराजुलीले ११ हजार ७९० मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी जसपाका पन्नालाल मण्डलले ५ हजार १७५ मत प्राप्त गरे।
रंगेलीको मेयरमा निर्वाचित बगडिया अघिल्लो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। उनी मेयर छँदै नेकपा एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका थिए।

प्रतिक्रिया