निर्वाचन विशेष


कृष्णपुर नगरपालिकाको मेयर-उपमेयरमा कांग्रेस विजयी

कृष्णपुर नगरपालिकाको मेयर-उपमेयरमा कांग्रेस विजयी

नेपालखबर
जेठ ८, २०७९ आइतबार ११:४३, कन्चनपुर

कृष्णपुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस विजयी भएको छ। 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मेयरमा कांग्रेसका हेमराज ओझा १० हजार ४३४ मत सहित विजयी भएका छन्।

उनी दोस्रो प्रयासमा कृष्णपुरको नगर प्रमुखमा विजयी भएका हुन। यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसँग पराजित भएका थिए। 

ओझाका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २०० मत ल्याए। 

यस्तै, नेकपा एमालेका लोकेन्द्र प्रसाद पन्तले ६ हजार ६७४ र नेकपा एकीकृत समाजवादीका सुरेन्द्र बहादुर बमले ६७५ मत मात्रै ल्याउन सके।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकै द्रोपती रानाले विजयी भएकी छन्। उनले ९ हजार ६७५ मत ल्याइन्। 

रानाकी निकटतम प्रतिस्पर्धी एमालेकी निवर्तमान उपमेयर रमिता रानाले ७ हजार ३१६ मत ल्याइन्। उपमेयरमा माओवादीकी गीता मल्लले ६ हजार ८५१ मत प्राप्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad