निर्वाचन विशेष


साविक विजेता माओवादीलाई पराजित गर्दै महोत्तरीको गौशालामा जसपा विजयी

साविक विजेता माओवादीलाई पराजित गर्दै महोत्तरीको गौशालामा जसपा विजयी

नेपालखबर
जेठ ७, २०७९ शनिबार ११:१३, काठमाडौँ

महोत्तरीको गौशाला नगरपालिकामा जसपा विजयी भएको छ।

अन्तिम मत परिणामअनुसार प्रमुखमा ८ हजार ७९९ मत ल्याएर डा दीपेन्द्रकुमार सिंह र उपप्रमुखमा पनि जसपाकै रेणुकुमारी महतो निर्वाचित भएकी छन्।

रेणुले ८ हजार ४५५ मत प्राप्त गरेकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रमुख र उपप्रमुख दुवै पदमा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका छन्। 

प्रमुखमा विष्णु योञ्जन लामाले पाँच हजार ६२७ र उपप्रमुखमा जनकदुलारी साहले पाँच हजार ४९० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले जानकारी दिए।

अघिल्लो निर्वाचनमा गौशालामा मेयर, उपमेयरसहित धरैजसो वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।

गौशालासँगै महोत्तरी जिल्लाका १३ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

अब जलेश्वर र भङ्गाहा नगरपालिकाको मात्र परिणाम घोषणा हुन बाँकी रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad