प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीबाट स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई दिन सुरु गरेका छन्।
उनले शुक्रबार बेलुकीदेखि नेपाली कांग्रेसका तर्फबाट वैशाख ३० मा सम्पन्न निर्वाचनमा विजयी हुने जनप्रतिनिधिहरुलाई फेसबुकमार्फत् बधाई दिन सुरु गरेका हुन्।
कांग्रेस सभापतिसमेत रहेका देउवाको फेसबुक फेजमा सबैभन्दा सुरुमा शुक्रबार बेलुकी भोजपुरको भोजपुर नगरपालिको प्रमुखमा निर्वाचित कैलाशकुमार आलेलाई बधाई दिइएको छ।
अहिलेसम्म देशभरका विभिन्न ६७१ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। जसमध्ये कांग्रेसले ३०० स्थानीय तहमा जित हात पारेको छ।
कांग्रेसले ११६ नगर र १८४ गाउँपालिकामा प्रमुख पद जितेको हो। २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २६६ स्थानीय तह जितेको थियो।
Shares

प्रतिक्रिया