निर्वाचन विशेष


विराटनगरमा उपमेयरको मतान्तर १० हजार, मेयरमा ६,७०६

विराटनगरमा उपमेयरको मतान्तर १० हजार, मेयरमा ६,७०६

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १८:६, काठमाडौँ

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। 

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले २६ हजार ३७७ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै १९ हजार ६७१ मत प्राप्त गरेका छन्।

कोइराला र थापाको मतअन्तर ६ हजार ७०६ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ। प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ८ हजार ८७ मत प्राप्त गरेको छ।  

उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले २३ हजार ३४ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले १२ हजार ९७५ मत प्राप्त गरेका छन्। 

राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ५ हजार ७५७ मत ल्याएकी छिन्। उपप्रमुखमा कार्कीले १० हवार ५९ मतको अन्तरले यादवलाई पछाडि पारेकी छिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad