निर्वाचन विशेष


वडा न. २५ र २७ मा झन् झन् अग्रता बढाउँदै स्थापित, बालेन तेस्रो

वडा न. २५ र २७ मा झन् झन् अग्रता बढाउँदै स्थापित, बालेन तेस्रो

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १६:१८, काठमाडौँ

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पछिल्लो पटक गणना भएका दुईवटा वडामा भने पछि परेका छन्। 

शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछाडि परेका हुन्। 

शुक्रबार दिउँसो २ बजेपछि सार्वजनिक भएको मत परिणामअनुसार उनी वडा नम्बर २५ र २७ मा स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका हुन्। 

वडा नम्बर २५ मा साहले ४२ मत ल्याउँदा स्थापितले ७९ मत पाएका छन्। यस्तै उनले २७ नम्बर वडामा २४५ मत प्राप्त गर्दा स्थापितले ४७७ मत ल्याएका छन्। 

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ नम्बर वडामा ४१ र २७ नम्बर वडामा ३२८ मत प्राप्त गरेकी छन्। २७ मा उनले स्वतन्त्र उम्मेदवार साहलाई पछाडि पारेकी छन्। 

काठमाडौँमा ७६ हजार १७१ मत गणना भएको छ। अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा गणना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad