नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको गृह नगर झापाको दमक ५ मा एमाले उम्मेदवार विजयी भएका छन्। दमक ५ ओलीको घर भएको वडा हो।
एमालेका उम्मेदवार २ हजार ४२६ मत ल्याएर विजयी हुँदा प्रमुख प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्ष उम्मेदवारले एक हजार ४२१ मत मात्रै प्राप्त गरेका छन्।
दमकमा एमाले एक्लै र बाकी दल गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
प्रमुख पदको जारी मत गणनामा कहिले एमालेका उम्मेदवार अगाडि त कहिले गठबन्धनका उम्मेदवार अगाडि हुने क्रम चलिरहेको छ।
वडा नम्बर १, २, ३, ५, ८, ९ र १० को मत परिणाम सार्वजनिक हुँदा अहिले गठबन्धनका उम्मेदवार राप्रपाका राम थापा एमालेकी गीता अधिकारी भन्दा चार सय ३ मतले अघि छन्।
उपप्रमुखमा पनि गठबन्धनबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराई अघि छन्। उनले १५ हजार ७२९ मत प्राप्त गर्दा एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालले १५ हजार ५३२ मत प्राप्त गरेका छन्।
अघिल्लो चुनावमा दमक नगरपालिकाको मेयरमा एमालेका रोमनाथ ओली निर्वाचित भएका थिए। एमाले अध्यक्ष केपी ओलीको गृहनगर भएकाले दमकको चुनावी नतिजालाई महत्वका साथ हेरिएको छ।
Shares

प्रतिक्रिया