निर्वाचन विशेष


मेरो मत राम्रो आउँछ, १२ नं वडादेखि २७ सम्म गन्दा सबै मेकअप हुन्छ : स्थापित

मेरो मत राम्रो आउँछ, १२ नं वडादेखि २७ सम्म गन्दा सबै मेकअप हुन्छ : स्थापित

नेपालखबर
जेठ ५, २०७९ बिहिबार २२:४६, काठमाडौँ

काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट उम्मेदवार केशव स्थापितले वडा नं २७ को मतले आफ्नो मत बोलिरहेको दाबी गरेका छन्। 

नेपालखबरसँगको संक्षिप्त कुराकानीका क्रममा उनले अहिले आफूलाई धेरै बोल्नु नभएको भन्दै मतले नै बोलिरहेको प्रतिक्रिया दिए। ११ नं वडासम्म बालेन साह अघि बढ्छन् भने त्यसपछि १२ देखि २७ सम्म आफ्नो मत मेकअप हुने स्थापितको भनाई छ। 

‘अहिले म बोल्नु नै छैन। मतले बोलिरहेको छ। मेरो सुधारमात्र होइन राम्रो हुन्छ,’ उनले भने, ‘प्रत्येक वडामा ११ वडासम्म बालेन अगाडि बढ्छ। ८ मा बराबरी हुन्छ। ७ मा अलिकति बढ्छ। १२ देखि मेकअप हुँदै जान्छ।’

उनले वडा नं २७ मा आफ्नो ४ गुणा मत बढी आउने दाबी गरे। ‘१२ देखि लगातार २७ सम्म मेरो राम्रो हुन्छ, अनि हेरौंला। २७ मा मेरो ३ गुणा आएको देख्नुभएन्?’ उनले अघि भने, ‘अब ३ गुणा होइन ४ गुणा हुन्छ होला।’

काठमाडौं महानगरपालिकाको मतगणनामा धेरैभन्दा धेरैको चासो बढेको छ। स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुदेखि नै लिएको अग्रता बिहीबार दिउँसो वडा नं २७ को गन्दा भने स्थापितले बढी ल्याएका छन्। 

पछिल्लो मतपरिणाम अनुसार सो वडामा ५ सय मत गन्दा स्थापितले २ सय, कांग्रेस उम्मेदवार सिर्जना सिंहले १४६ र बालेन साहले ४६ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad