निर्वाचन विशेष


प्रदेश १ का ९ जिल्लामा मतगणना सकियो : कांग्रेसले ४१, एमालेले २० तह जित्दा माओवादीले ३ जिल्लामा प्रमुख जित्न सकेन

प्रदेश १ का ९ जिल्लामा मतगणना सकियो : कांग्रेसले ४१, एमालेले २० तह जित्दा माओवादीले ३ जिल्लामा प्रमुख जित्न सकेन

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १२:३१, काठमाडौँ

प्रदेश १ का ९ जिल्लाका सबै पालिकाको मत गणना सकिएको छ। १४ जिल्ला रहेको प्रदेश १ का ९ जिल्लामा ७३ वटा पालिका छन्। 

मतगणना सकिएका ९ जिल्लामा सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। माओवादीले ३ वटा जिल्लामा प्रमुख जित्न सकेको छैन। ५ वटा जिल्लामा भने मतगणना भइरहेको छ। 

९ जिल्लाका ४१ पालिका प्रमुखमा कांग्रेस विजयी भएको छ। एमालेले कांग्रेसले भन्दा आधा कम २० पालिका प्रमुख जितेको छ। 

प्रदेस १ का ३ जिल्लाका कुनै पनि पालिका प्रमुख जित्न नसकेको माओवादीले गणना सकिएका जिल्लाका ९ पालिकामा प्रमुख जितेको छ। २ जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एक सिट जितेको छ। 

सोलुखुम्बुमा ८ वटा पालिका छन्। ती मध्ये ५ वटा पालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। एमालेले २ सिट जित्दा माओवादी केन्द्रले एक सिट जितेको छ। 

ओखलढुंगामा ८ वटै पालिकाको मत गणना सम्पन्न भएको छ। ती मध्ये कांग्रेस चारवटा पालिका प्रमुखमा विजयी भएको छ। एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एक एक पालिका प्रमुखमा विजयी हुँदा एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

खोटाङका पनि १० वटै पालिकाको मत गणना सम्पन्न भएको छ। जसमध्ये ६ वटा पालिका प्रमुखमा नेपाली कांग्रेस निर्वाचित भएको छ। एमाले र माओवादी २÷२ पालिका प्रमुखमा जित हात  पारेका छन्।

गणना सकिएको भोजपुरमा एमाले तीन पालिका प्रमुखमा विजयी भएको छ। नेपाली कांग्रेसले पनि त्यति नै संख्यामा जित्दा २ पालिका प्रमुखमा माओवादी र एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

ताप्लेजुङमा पनि एमालेले ३ पालिका प्रमुख जितेको छ। नेपाली कांग्रेस ४ पालिकामा र माओवादी केन्द्र २ पालिका प्रमुखमा विजयी भएका छन्। 

पाँचथरका ८ मध्ये ६ वटा पालिकामा नेपाली कांग्रेसले प्रमुख जितेको छ। माओवादी र एमाले १÷१ पालिकामा विजयी भएका छन्। 

प्रदेश १ का तीन जिल्लामा भने २ पार्टी नेकपा एमाले र नेपाली कांग्रेस मात्रै विजयी भएका छन्। 

संखुवासभाका १० पालिकामध्ये ६ वटामा नेपाली कांग्रेस र ४ वटामा नेकपा एमाले प्रमुखमा विजयी भएको छ। यहाँ माआोवादीले एक सिट पनि जित्न सकेन। 

तेह्रथुमका ६ पालिका प्रमुखमा पनि नेपाली कांग्रेस र एमालेनै विजयी भएका छन्। यी दुई पार्टी जिल्लाका ३÷३ पालिका प्रमुखमा विजयी भएका हुन्।

यसअघि क्लिस्वीप गरेको धनकुटामा पनि एमालेले अधिकांस सिट गुमाएको छ। ७ पालिका रहेको धनकुटामा चार पालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। ३ वटा पालिका प्रमुखमा एमाले विजयी भएको छ।

प्रदेश नं १ का उदयपुर, इलाम, झापा, मोरङ र सुनसरीमा भने मतगणना भइरहेको छ। त्यहाँका पनि अधिकांस पालिकाको मत गणना सकिए पनि केही पालिकाको मत गणना जारी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad