निर्वाचन विशेष


सत्तागठबन्धनलाई पराजित गर्दै कैलालीका दुई पालिकामा रेशम चौधरीको पार्टी विजयी

सत्तागठबन्धनलाई पराजित गर्दै कैलालीका दुई पालिकामा रेशम चौधरीको पार्टी विजयी

गोकुल जोशी
जेठ ५, २०७९ बिहिबार १०:२१, महेन्द्रनगर

डिल्लीबजार कारागारमा आजीवन कैद सजाय भोगिरहेका कैलालीका सांसद रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई स्थानीय तहमा जित हात पारेको छ।

टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन्।

टीकापुरमा सत्तागठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु मेयरमा विजयी भएका हुन्। 

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गर्दै डगौरा मेयरमा निर्वाचित भएका हुन । 
उनले 

डगौरा ९ हजार ६४२ मतसहित विजयी हुँदा नउका निकटतम् प्रतिस्पर्धी रावलले ६ हजार ६४२ मत मात्रै पाए। यस्तै एमालेका श्याम खत्रीले ४ हजार ९३३ मत प्राप्त गरे।

उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह निर्वाचित भएका छन्। 

शाहले ७ हजार ९५५ मत पाए । नागरिक उन्मुक्तिकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत मात्रै पाउन सकिन्। 

विसं.२०७२ सालमा टीकापुरमा ८ जना सुरक्षाकर्मी र एक बालकको हत्या घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीले तीन महिना अगाडि श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए। 

९ वडा रहेको टीकापुरमा कांग्रेस र माओवादी केन्द्रले ३÷३,  नागरिक उन्मुक्ति पार्टीले २  र नेकपा एमालेले एउटा वडा जितेको छ। 

०७४ सालको स्थानीय तह निर्वाचनमा टीकापुरमा प्रमुख एमाले र उपप्रमुख कांग्रेसले जितेको थियो। यस्तै ९ वडामध्ये ४ वडामा तत्कालीन मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक), ३ मा माओवादी र २ मा एमाले विजयी भएका थिए।

उता कांग्रेसको गढ मानिने जोशीपुर गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टी अध्यक्ष र उपाध्यक्ष दुवैमा बाजी मार्न सफल भएको छ।

अध्यक्षमा चित्रबहादुर चौधरी ४ हजार ९ सय ३ मत सहित विजयी भएका छन्।
 
उनक प्रतिस्पर्धी कांग्रेसका बन्सराम बडायक थारुले ३ हजार ३ सय ६८ मत मात्रै ल्याउन सकेका छन्। 

गाउँपालिकाको उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन्। उनले ४ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजा ९ सय ६१ मत प्राप्त गरे । जोशीपुरमा यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad