निर्वाचन विशेष


सिद्धार्थनगरमा ३० वर्षपछि फर्कायो कांग्रेसले विरासत, यसअघि जितेको एमाले तेस्रो

सिद्धार्थनगरमा ३० वर्षपछि फर्कायो कांग्रेसले विरासत, यसअघि जितेको एमाले तेस्रो

नेपालखबर
जेठ ५, २०७९ बिहिबार ९:५८, बुटवल

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका इस्तियाक अहमद खान विजयी भएका छन्। 

९ हजार १३४ मत प्राप्त गरी खान सिद्धार्थनगरको मेयरमा निर्वाचित भएका छन्। 

निकटतम् प्रतिस्प्रर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर प्रताप राणाले ८ हजार १ ३७ मत ल्याएका छन्।

 अघिल्लो पटक मेयर जितेको नेकपा एमाले यसपटक तेस्रो भएको छ। एमालेका उम्मेदवार डा। रामप्रसाद बस्यालले ७ हजार ३०५ मत प्राप्त गरेका छन्।

मेयरमा तेस्रो स्थान आएपनि उपमेयरमा भने एमाले विजयी भएको छ। एमालेकी उमा अधिकारी ८ हजार ८१३ मत ल्याएर सिद्धार्थनगरको उपमेयर भएकी हुन्। 

सिद्धार्थनगरमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। गठबन्धनको तर्फबाट उपमेयर बनेकी माओवादी केन्द्रकी कमला थापाले ४ हजार ५९२ मत ल्याइन्। 

वडामा भने दुवै पार्टी छुट्टाछुट्टै प्रतिष्पर्धामा उत्रिएका थिए।

सिद्धार्थनगरको ५, ६, ७, ८ र १३ मा कांग्रेसले वडाध्यक्ष जितेको छ। ९, १०, ११ र १२ एमालेले जितेको छ। वडा नम्बर १ मा जसपा तथा २,३ र ४ नम्बर वडामा राप्रपाले वडाध्यक्ष जितेको छ। 

मेयरमा विजयी भएका खान २०७० सालमा संविधान सभा सदस्य समेत भएका थिए। त्यसबेला उनी राप्रपाबाट समानुपातिक तर्फ संविधान सभा सदस्य भएका थिए। 

२०७४ सालको चुनाव अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। २०४९ सालमा कांग्रेसका बलराम अधिकारी सिद्धार्थनगरको मेयर बनेका थिए। त्यस यता अहिले कांग्रेस विजयी भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad