स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।
पोखरा महानगरको प्रमुखमा एकीकृत समाजवादी पार्टीका उम्मेदवार धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई २ हजार ३८३ मतान्तरले पछि पारेका छन्।
गठबन्धनका आचार्यले २० हजार मत कटाउँदा एमालेका थापाले १८ हजार मत पुर्याएका छन्। आचार्यले कुल गणना भएको ५० हजार १ सय १७ मतमा २० हजार ७ सय ४९ मत ल्याएका छन्।
एमालेका उम्मेदवार थापाले भने १८ हजार ३६६ मत प्राप्त गरेका छन्।
राप्रपा नेपालका उम्मेदवार शंकर खरालले भने २ हजार मत कटाएका छन्। उनले २०७० मत प्राप्त गरेका छन्। चौथो स्थानमा विवेकशील साझाले १४८ मत ल्याएको छ।
उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता बढाएकी छिन्। गुरुङले गठबन्धनका उम्मेदवार कोपिला रानाभाटलाई १४ मतले पछी पारेकी छिन्।
गुरुङले २० हजार ९७७ मत प्राप्त गर्दा रानाभाटले भने २० हजार ९६३ मत ल्याएकी छिन्।
उपमेयर पदमै राप्रपा नेपालकी उम्मेदवारले १८ सय १७ मत ल्याएकी छिन्। विवेकशील साझाले भने ९१ मत प्राप्त गरेको छ।
पोखरा महानगरपालिकाको ३३ वडामध्ये १० वडाको नतिजा आइसकेको छ। जसमध्ये ८ वडामा नेपाली कांग्रेस विजयी हुँदा २ वडा भने नेकपा एमालेले जितेको छ। पोखरा महानगरपालिकाका केही वडामा नेपाली कांग्रेस गठबन्धनसँग मिलेर चुनाव लडेको थियो भने केहीमा एक्लै लडेको थियो।
Shares

प्रतिक्रिया