निर्वाचन विशेष


सीके राउतको जनमत पार्टीले सप्तरीमा जित्यो दोस्रो पालिका

सीके राउतको जनमत पार्टीले सप्तरीमा जित्यो दोस्रो पालिका

सीके राउत/फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०७९ बिहिबार ९:२१, काठमाडौँ

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा दोस्रो स्थानीय तहमा जित हात पारेको छ। सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जनमत पार्टीका उम्मेदवार विजयी भएका हुन्।

जनमत पार्टीबाट खेमचन्द्र यादवले काँग्रेसका नविन कुमार झालाई ७४७ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भएका छन्। 

यादवले २ हजार ९९४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका झाले २ हजार २४७ मत प्राप्त गरेका छन्। 

तेस्रो नम्बरमा रहेको जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार दयानन्द गोइतले २ हजार २०३ मत ल्याएका छन्। 

यस्तै गाउँपालिका उपाध्यक्षमा जनमत पार्टीकै रेणु यादव २ हजार ६९० मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी आशा देवीले २ हजार ३०४ मत प्राप्त गरेकी छन्। तेस्रो नम्बमा रहेकी जसपाकी वविता कुमारी मण्डलले २ हजार ९४ मत ल्याएकी छन्। 

योसँगै जनमत पार्टीले तराई–मधेसमा दुई पालिका प्रमुख र एक पालिका उपप्रमुख जितेको छ। 

सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा जनमत पार्टीकै बिरेन्द्र माझी मेयर पदमा निर्वाचित भएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad