निर्वाचन विशेष


सूर्यविनायकमा गठबन्धन पराजित, मेयर-उपमेयर दुवैमा एमाले विजयी

सूर्यविनायकमा गठबन्धन पराजित, मेयर-उपमेयर दुवैमा एमाले विजयी

नेपालखबर
जेठ ५, २०७९ बिहिबार ८:५०, काठमाडौँ

भक्तपुरको सूर्यविनायक नगरपालिकामा पाँच दलीय सत्ता गठबन्धनलाई पराजित गर्दै मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ। 

मेयरमा एमाले उम्मेदवार वासुदेव थापा १४ हजार ७५८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका निशान ढुंगेलले १३ हजार २३२ मत ल्याए। 

त्यस्तै उपमेयरमा पनि एमाले उम्मेदवार सरिता भट्टराई तिमल्सिना विजयी भइन्। उनले १४ हजार ४९० मत ल्याइन्। उनीसँग पराजित नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ६ हजार ६६१ मत ल्याएका छन्। 

सूर्यविनायक नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतको गृहपालिका समेत हो। 

नगरपालिकामा वडा नं. १, ५, ७, ८ र १० एमाले विजयी भएको छ। गठबन्धनले वडाध्यक्षमा २, ३, ४, ६ र ९ जित निकालेको छ। वडा सदस्यमा एमालेले वडा नं. १ मा एक सिट गुमाएको छ।

नगरपालिकामा एमालेको तर्फबाट मेयर र उपमेयरसहित ३३ जना जनप्रतिनिधि निर्वाचित भए। गठबन्धनबाट वडाअध्यक्षसहित जम्मा १९ जना जनप्रतिनिधि निर्वाचित भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad