चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन्।
बिहीबार बिहानसम्मको मतगणनामा रेनु एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अघि छिन्।
३८ हजार ८६४ मत गणना हुँदा रेनुले १४ हजार ७६६ मत पाएकी छन्। एमालेका सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन्।
रेनु विरुद्ध कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन्।
उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ मतका साथ अग्रता कायम राखेका छन्। राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत प्राप्त गरेकी छन्।
618
Shares

प्रतिक्रिया