निर्वाचन विशेष


विराटनगर नागेश ४६२४, शिल्पा ५८६३ मतले अगाडि

विराटनगर नागेश ४६२४, शिल्पा ५८६३ मतले अगाडि

नेपालखबर
जेठ ५, २०७९ बिहिबार ७:१५, विराटनगर

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका छन्। 

कोइरालले १७ हजार ५९८ मत पुर्याँउदा एमालेका सागर थापाले १२ हजार ९७४ मत प्राप्त गरेका छन्। यो कोइरालाको भन्दा ४ हजार ६२४ मत कम हो।

विराटनगरमा नागेशको मतान्तर फराकिलो हुँदै जाँदा एमालेबाट उपमेयरकी उम्मेदवार शिल्पा कार्कीले पनि प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकी छन्। कार्कीले १५०४० मत ल्याँउदा जसपाका अमरेन्द्र यादबले ९ हजार १७७ मत ल्याएका छन्। उपमेयर उम्मेदवाद्वयको मतान्तर ५ हजार ८६३ छ। 

विराटनगरमा स्वातन्त्र उम्मेदवारी दिएका उमेश यादबले ५ हजार ८७९ मत ल्याएका छन् । उनी जसपाबाट विद्रोह गरेर मेयरको उम्मेदवार बनेका हुन्। 

स्वातन्त्रबाट उप मेयरकी उम्मेदवार नमिता न्यौपानेले ३ हजार २७८ मत ल्याएकी छन् । नमिता भन्दा अगाडि राप्रपाकी विन्दा कुमारी लुईटेल छन्। उनले ४ हजार २१२ मत ल्याएकी छन् । मेयरमा राप्रपाका प्रल्हाद साहले ३ हजार ४५७ मत ल्याएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad