राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको गृह जिल्ला झापाको कचनकवल गाउँपालिकामा कांग्रेस एमाले मिलेर राप्रपाका उम्मेदवारलाई पराजित गरेका छन्।
राप्रपाका उम्मेदवार अन्जरा आलमलाई पराजित गर्दै गठबन्धनबाट कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी अध्यक्षमा विजयी भएका हुन्। आलम अघिल्लो निर्वाचनमा राप्रपाबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।
राजवंशीले ११ हजार ४५७ मत ल्याएका छन् भने राप्रपाका अन्जरा आलमले ६ हजार ६६७ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा भने गठबन्धनबाट एमालेका नवराज भट्टराई ८ हजार १४३ मत ल्याएर विजयी भएका छन्।
उनका प्रतिस्पर्धी राप्रपाकी निमसरी राजवंशीले ६ हजार ८०२ मत प्राप्त गरेकी छन्।
4.5k
Shares

प्रतिक्रिया