अहिले देशभरका स्थानीय तहमा भएको निर्वाचनको मतगणनाको नतिजा आउने क्रम चलिरहेको छ। जसमध्ये धेरैजसो स्थानमा कांग्रेसमा जित हात पारेको छ भने नेकपा एमाले दोस्रो स्थानमा छ।
देशभरका ११ उपमहानगरको मतगणना जारी रहँदा नेपाली कांग्रेसले चार स्थानमा अग्रता लिएको छ। एमालेले तीन उपमहानगरमा अग्रता लिएको छ भने दुई स्थानमा स्वतन्त्रको अग्रता छ।
हेटौंडा उपमहानगरपालिकामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले अग्रता लिएको छ। जितपुर सिमरामा माओवादीले अग्रता लिइरहेको छ।
देशका ११ महानगरपालिकाको पछिल्लो मत परिणाम यस्तो छ–
धनगढी
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्।
२३ हजार २२३ गणना सकिँदा हमालले १० हजार ८२५ मत प्राप्त गरेका छन्।
सत्तारुढ गठबन्धनबाट काँग्रेसका नृपबहादुर वडले ५ हजार १६६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन्।
धनगढीको उपप्रमुखमा माओवादी केन्द्रकी शान्ति अधिकारी अघि छन्। उनले ४ हजार ६८८ मत ल्याएर आफ्नो अग्रता कायम राखेकी छन्।
एमालेकी कन्द्रकला रानाले ४ हजार २४६ मत ल्याएर अघिकारीलाई पछ्याइरहेकी छन्।
नेपालगञ्ज
नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार उनले १३ हजार ५४७ मत पाएका छन्। एमालेका पशुपति दयाल मिश्राले ६ हजार ३९७ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा जनता समाजवादीका कमरुद्दिन राईले १० हजार ८४१ मत ल्याएका छन् भने राप्रपाकी बिन्दु चर्तिमगरले ६ हजार ९७१ मत पाएकी छिन्।
घोराही
घोराही उपमहानगरको प्रमुखमा एमालेका नरुलाल चौधरीले २३ हजार ९९८ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले १९ हजार ५६० मतका साथ पछ्याइरहेका छन्।
उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसीले अग्रता लिएकी छिन्। उनले अहिलेसम्म २३ हजार ४३ मत पाएकी छिन्। नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले २३ हजार १३८ मतका साथ उनलाई पछ्याइरहेका छन्।
कलैया
कलैया उपमहानगरको प्रमुखमा एमालेका विनोदप्रसाद साहले अग्रता लिएका छन्। उनले ९ हजार ८०३ मत पाएका छन् भने कांग्रेसका राजेश राय यादवले ६ हजार ४४५ मत पाएका छन्।
उपप्रमुखमा जनता समाजवादी पार्टीका प्रमोदप्रसाद गुप्ताले ७ हजार ४८ मतका साथ अग्रता लिएका छन्। उनलाई एमालेका रौशन परविनले ६ हजार ९४१ मतसहित पछ्याइरहेका छन्।
हेटौंडा
हेटौंडा उपमहानगरको प्रमुखमामा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले ९ हजार ३७५ मतका साथ अग्रता लिइरहेकी छिन्। राप्रपाका दिपकबहादुर सिंहले ९ हजार ११३ मतका साथ उनलाई पछ्याइरहेका छन्।
उपप्रमुखमा कांग्रेसका राजेश बानियाले १३ हजार ४९९ मत पाएका छन्। उनलाई एमालेकी सुमित्रा काफ्लेले ९ हजार १३ मतका साथ पछ्याइरहेकी छिन्।
धरान
धरान उपमहानगरको प्रमुखमा कांग्रेसका किशोर राईले अग्रता लिएका छन्। उनले अहिलेसम्म ६ हजार ५३५ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार हर्कराज राईले ५ हजार ९६५ मतका साथ उनलाई पछ्याइरहेका छन्।
उपप्रमुखमा माओवादीका अइन्द्रविक्रम बेघा ७ हजार ३१८ मतका साथ अग्रस्थानमा छन्। एमालेका पदमप्रसाद लिम्बुले ७ हजार ७३ मतका साथ उनलाई पछ्याइरहेका छन्।
तुलसीपुर
तुलसीपुर उपमहानगरको प्रमुखमा नेकपा एमालेका टिकाराम खड्काले सुरुवाती अग्रता लिएका छन्। उनले अहिलेसम्म २०२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८७ मत पाएका छन् ।
उपप्रमुखमा एमालेकी स्यानी चौधरीले २०७ मत ल्याएकी छिन् भने एकीकृत समाजवादीका जोगबहादुर रानामगरले १३२ मत पाएका छन्।
जितपुर सिमरा
जितपुर सिमरा उपमहानगरको प्रमुखमा माओवादीका राजन पौडेलले १४ हजार ३२९ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई एमालेकी सरस्वतदेवी चौधरीले १३ हजार ५६० मतका साथ पछ्याइरहेकी छिन्।
उपप्रमुखमा एमालेका भोलाप्रसाद अधिकारीले १३ हजार ७५३ मतका साथ अग्रता लिएका छन्। उनलाई कांग्रेसकी मेघा शाहीले १२ हजार ७२१ मत ल्याएर पछ्याइरहेकी छन्।
बुटवल
बुटवल उपमहानगरको प्रमुखमा कांग्रेसका खेलराज पाण्डेयले १३ हजार ६३० मतसहित अग्रता लिइरहेका छन्। उनलाई एमालेका बाबुराम भट्टराईले ९ हजार ८० मतका साथ पछ्याइरहेका छन्।
उपप्रमुखमा एमालेकी साबित्रादेवी अर्याल ९ हजार ६०६ मतका साथ अगाडि छिन्। एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ६ हजार ९७९ मत पाएका छन्।
इटहरी
इटहरी उपमहानगरको प्रमुखमा कांग्रेसका हेमकर्ण पौडेलले ११ हजार ३ सय मतका साथ अग्रता लिइरहेका छन्। उनलाई एमालेका यामकुमार चुङ्गवाङ सुब्बाले ९ हजार १४४ मतसहित पछ्याइरहेका छन्।
उपप्रमुखमा एमालेकी संगीताकुमारी चौधरीले १० हजार २२६ मतका साथ अग्रता लिएकी छिन्। एकीकृत समाजवादीका केशवकुमार विष्टले ६ हजार ८५० मतसहित उनलाई पछ्याइरहेका छन्।
जनकपुरधाम
जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार सुडीले ३ हजार ९५६ मतसहित अग्रता लिएका छन्। एमालेका शिवशंकर साहले २ हजार ८६ मतसहित उनलाई पछ्याइरहेका छन्।
उपप्रमुखमा कांग्रेसका किशोरी साहले ३ हजार ४४२ मत पाएका छन्। उनलाई एमालेकी रुणदेवी झाले १ हजार ७३७ मतका साथ पछ्याइरहेकी छिन्।
Shares

प्रतिक्रिया