निर्वाचन विशेष


निवर्तमान अध्यक्ष र उपाध्यक्षलाई हराउँदै पर्साको जिराभवानी गाउँपालिकामा कांग्रेस विजयी

निवर्तमान अध्यक्ष र उपाध्यक्षलाई हराउँदै पर्साको जिराभवानी गाउँपालिकामा कांग्रेस विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १:१, काठमाडौँ

पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्। 

निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार अनोजले ४ हजार ५ सय ६० मत प्राप्त गरेका छन भने उपाध्यक्षमा रेखाले ४ हजार ७ सय १० मत प्राप्त गरेका छन्। त्यस्तै, मेयरका प्रतिस्पर्धी एमालेका रामपृत महतोले ३ हजार २ सय ९९ मत प्राप्त गरेका छन्। 

त्यस्तै, उपमेयरका प्रतिस्पर्धी एमालेकै उषा देवी थरुनी २ हजार ९ सय ६५ मत ल्याएर दोस्रो भएकी छिन्। 

०७४ को निर्वाचनमा यस गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो।  

एमालेका रामपृत महतोले २ हजार ९ सय ५९ मतसहित विजयी भएका थिए। भने उपाध्यक्षमा उषादेवीले २ हजार ५ सय ३८ मतसहित विजयी भएकी थिइन्। 

उनीहरु दुवै अहिलेपनि अध्यक्ष र उपाध्यक्षका लागि एमालेबाट उम्मेदवार थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad