नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठको वडामा उनकै पार्टी पराजित भएको छ।
उनको घर भएको धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्र विजयी भएको हो।
माओवादी केन्द्रका कृष्णकुमार मण्डल (श्याम) प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका अमर महासेठलाई ५२ मतले पराजित गरे।
मण्डल ८६० मत ल्याएर विजयी भएका छन् भने महासेठले ८०८ मत पाए।
त्यस्तै तेश्रो नम्बरमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार सत्यनारायण मण्डलले २०२ मत मात्र ल्याउन सफल भए।
1.4k
Shares

प्रतिक्रिया