काठमाडौंको शंखरापुर नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रमेश नापित विजयी भएका छन्।
एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मी प्रसाद श्रेष्ठलाई ७०४ मत अन्तरले पराजित गर्दै नापित प्रमुखमा निर्वाचित भएका हुन्।
राप्रपाका नातिले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत ल्याएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन।
उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार भएकी एकीकृत समाजवादीकी समित श्रेष्ठ निर्वाचित भएकी छिन्।
०६२/०६२ पछि भएका दुई निर्वाचनमा राप्रपाले पहिलोपटक काठमाडौंमा प्रमुख पदमा विजयी भएको हो। यसअघिको निर्वाचनमा माओवादी केन्द्रले जितेको वडा नं घ सहित ६ र ७ को वडाध्यक्षमा पनि राप्रपाले जित निकालेको छ।
वडा नं १ मा माओवादी केन्द्र र वडा नं २, ३, ८ र ९ मा नेपाली कांग्रेसले वडाध्यक्षमा जित निकालेको छ।
Shares

प्रतिक्रिया