निर्वाचन विशेष


पोखरा महानगरमा धनराजले कृष्ण थापालाई १५ सय मतले पछि पारे

पोखरा महानगरमा धनराजले कृष्ण थापालाई १५ सय मतले पछि पारे

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १८:२६, काठमाडौँ

पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले निकटतम प्रतिद्वन्द्वी कृष्ण थापालाई १५ सय मतले पछि पारेका छन्। 

महानगरपालिमा अहिलेसम्म गणना भएको कुल २६ हजार २ सय १० मत गणना गर्दा गठबन्धनका उम्मेदवार आचार्यले १० हजार ९ सय ३९ मत प्राप्त गरेका छन्। 

नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले भने ९ हजार ४ सय ५ मत प्राप्त गरेका छन्। मेयरका अर्का आकांक्षी राप्रपाकाउम्म्ेदवार शंकर खरालले ११ सय ९९ मत ल्याएका छन्। 

स्वतन्त्रका उम्मेदवार गणेश पौडेलले ६ सय २६ मत ल्याएका छन्। विवेकशिल साझाकी उम्म्ेदवार शुसुला केसीले ७१ मत ल्याएकी छिन्। 

मेयरका आकांक्षी राष्ट्रिय नागरिक पार्टीका उम्मेदवार सृजना देवी रिजाल र देशभक्त समाजका उम्म्ेदवार रन बहादुर दमैले अझै खाता खोल्न सकेका छैनन्। स्वतन्त्रका उम्मेदवार विमल बहादुर कार्की र दिल बहादुर कार्कीले समान १ भोट ल्याएका छन्। 

उपमेयरमा गठबन्धकनकै उम्मेदवार कोपिला रानाभाटले ११ हजार २ सय ५४ मत ल्याएकी छिन्। उनले उपमेयरकी अर्की प्रत्यासी मञ्जुदेवी गुरुङलाई ५ सय ५५ मतले पछि पारेकी छिन्। गुरुङले १० हजार ६ सय ९९ मत ल्याएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad