नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नगरपालिकामा एमाले पछि परेको छ। मेयर र उपमयरमै एमालेका उम्मेदवार पछि परेका हुन्।
नगर प्रमुखमा राप्रपाका रामकुमार थापाले ८ हजार ४०८ मत पाउँदा एमालेका गीता कुमारी पौडेल अधिकारीले ७ हजार ७९७ मत पाएकी छन्।
उपप्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसकी रेगिना भट्टराईले ८ हजार १९ मत पाउँदा एमालेका अम्बिका प्रसाद खनालले ७ हजार ७३५ मत पाएका छन्। यहाँ सत्ता गठबन्धनले राप्रपालाई सहयोग गरेको छ।
नगरपालिकाको १८ हजार ९२९ मत मध्ये १२ हजार ९७० मत गणना भइसकेको छ।
51
Shares

प्रतिक्रिया