धनुषाको लक्ष्मिनीया गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ ।
गाउँपालिका अध्यक्षमा काँग्रेसका भोगेन्द्र झा ३ हजार ७६५ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सत्रुधन यादव ३ हजार ४९७ मत ल्याएका छन्।
यस्तै उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी यादवनी विजयी भएकी छन्। उनले ३ हजार ६२८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी विमला कुमारी यादवले ३ हजार ४६० मत ल्याएका छन्।
७ वटा वडा रहेको यो गाउँपालिकाको ५ वटा वडा नेकपा एमालेले जितेको छ। धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि काँग्रेसले जितेको छ।
141
Shares

प्रतिक्रिया