निर्वाचन विशेष


लमजुङको दोर्दी गाउँपालिका अध्यक्षमा एमालेका युवराज अधिकारी विजयी

लमजुङको दोर्दी गाउँपालिका अध्यक्षमा एमालेका युवराज अधिकारी विजयी

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १३:४१, काठमाडौँ

लमजुङको दोर्दी गाउँ पालिकाको अध्यक्षमा नेकपा एमालेका युवराज अधिकारी विजयी भएका छन्। 

अधिकारीले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लालबहादुर गु्रुङ्लाई ८७ मतान्तरले हराएका हुन्। 

अधिकारीले ४ हजार ७३८ मत ल्याए भने गुरुङ्ले ४ हजार ६५१ मत पाए।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका गोपाल लामिछानेले ९३ मत पाए। 

त्यसैगरी दोर्दी गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसका बिच्छ बहादुर घले विजयी भएका छन्। घलेले ४ हजार ९५८ मत पाए भने उनका प्रतिस्पर्धी एमालेकी उषा गुरुङ्ले ४ हजार १९० मत ल्याइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad