निर्वाचन विशेष


नुवाकोटको किस्पाङ : एमाले-माओवादी गठबन्धनसँग कांग्रेस पराजित

नुवाकोटको किस्पाङ : एमाले-माओवादी गठबन्धनसँग कांग्रेस पराजित

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १३:१२, काठमाडौँ

नुवाकोटको किस्पाङ गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

देशभरी सत्तारुढ दलहरुबीच गठबन्धन भइरहेको बेला किस्पाङमा भने एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर स्थानीय चुनावमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका छन्। 

यहाँ अध्यक्षमा नेकपा एमालेका वीरबल तामाङ र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका अर्जुन न्यौपाने विजयी भएका हुन्।

अध्यक्षमा विजयी हुने वीरबल तामाङले ३ हजार ६३८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छत्र लामाले ३ हजार ४ सय ५२ मत प्राप्त गरेका छन्। 

गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका न्यौपानेले ३ हजार ७ सय १२ मत प्राप्त गरेका छन्। पराजित हुने कांग्रेसकी दिलकुमारी मोक्तानले ३ हजार १७७ मत प्राप्त गरेकी छन्। 

किस्पाङ गाउँपालिकाको अध्यक्ष जितेपनि एमाले वडाध्यक्ष जित्न भने असफल भएको छ। गाउँपालिकाको १, ४ र ५ नम्बर वडामा कांग्रेस, २ र ३ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad