निर्वाचन विशेष


कञ्चनपुरको बेलौरी : मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी

कञ्चनपुरको बेलौरी : मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १२:४६, काठमाडौँ

कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी विजयी भएका छन्। 

नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार जोगरा चौधरी विजयी भएका छन्। 

यद्यपि, निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा विजयीहरुको नाम घोषणा गरिसकेको छैन। बैलौरीका १० मध्ये ९ वडाको मतगणना सम्पन्न भइसकेको छ। 

यहाँ मात्र ४९३ मतगणना गर्न बाँकी छन्। बाँकी रहेका सबै मत एउटै उम्मेदवारको पक्षमा खसे पनि नगर प्रमुखमा पोतिलाल र उपप्रमुखमा जोगरामलाई उनका प्रतिष्पर्धीले पराजित गर्न सक्ने अवस्था छैन।

पछिल्लो मत परिणामअनुसार नगर प्रमुखमा माओवादीका पोतिलालले ८ हजार ६८४, एमालेकी कमला बोहराले ६ हजार ७६३ र नेपाली कांग्रेसका हरेन्द्रसिंह विष्टले ६ हजार १८६ मत प्राप्त गरेका छन्। 

नगर उपप्रमुखमा एमालेका जोगरामले ७ हजार ४७४, माओवादीका मञ्जु शाहले ६ हजार ७५९ र कांग्रेसकी खिना भण्डारीले ६ हजार ५१३ मत ल्याएका छन्। 

बेलौरी नगर माओवादी नेतृ बीना मगरले संघीय निर्वाचन लड्दै आएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ। यहाँ गत निर्वाचनमा पनि माओवादीका पोतिलाल नै नगर प्रमुखमा विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad