निर्वाचन विशेष


भरतपुरमा झिनो मतका साथ अग्रता बढाउँदै रेनु

भरतपुरमा झिनो मतका साथ अग्रता बढाउँदै रेनु

नेपालखबर
जेठ ३, २०७९ मंगलबार ११:३९, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्। 

१८ हजार ४७ मत गणना हुँदा उनले प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ६३ मतले पछि पारेकी छन्। 

१७ हजार ८४६ मत गणना हुँदा रेनु एमालेका सुवेदीभन्दा ५९ मतले पछि पारेकी थिइन्।  

त्यसअघि रेनु ३० मतले अगाडि थिइन्। मंगलबार बिहान ११ को नतिजाअनुसार उनले ६ हजार १९ मत ल्याएकी छन्। 

एमालेका सुवेदीले ५ हजार ९५६ मत पाएका छन्। भरतपुर महानगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २ हजार ९३७ मत प्राप्त गरेका छन्। 

भरतपुर महानगरको उपप्रमुखका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ३४६ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङले ४ हजार ८८३ मत पाएकी छन्।    

भरतपुरमा अहिले मतगणना भइरहेको वडा नम्बर ५ को वडाध्यक्षमा कांग्रेसले ३६२ र एमालेले ३५६ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad