काठमाडौं महानगरको प्रमुखका लागि जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले मतान्तर ५ हजार पुर्याएका छन्।
मंगलबार बिहान ११ बजेसम्मको मत परिणामअनुसार उनले निकटतम् प्रतिद्वन्द्वीसँगको मतान्तर ५ हजार १० पुर्याएका हुन्।
शाह तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ५ हजार ७ सय २३ मतले अगाडि छन्।
पछिल्लो मत परिणामको नतिजाअनुसार उनले १० हजार ७९७ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापित ५ हजार ७८७ मतसहित पछ्याइरहेका छन्।
तेस्रो स्थानमा रहेकी सिर्जनाले ५ हजार ७४ मत प्राप्त गरेकी छन्। काठमाडौँमा अहिले पनि ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको मत गणना चलिरहेको छ। १ र २ नम्बर वडाको मत परिणाम सार्वजनिक भइसकेको छ।
काठमाडौँ–१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन्।
Shares

प्रतिक्रिया