निर्वाचन विशेष


धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १०:२९, काठमाडौँ

धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

अध्यक्षमा कांग्रेसका राजकुमार साह ९९ मत अन्तरले विजयी भएका हुन्।

उनले २ हजार २६२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएका छन्।

त्यस्तै नेकपा एमालेका रामबाबु साहले १ हजार ४९५ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका राजकुमार यादवले १ हजार २८९ मत ल्याएका छन्।

उपाध्यक्षमा पनि कांग्रेसकी रामवती देवी मण्डल २ हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी लोसपाकी रन्जिता देवी मण्डलले १ हजार ९०१ मत ल्याएकी छन्।

यस्तै नेकपा एमालेकी रुवदा खातुनले १ हजार ६५९ मत प्राप्त गरेकी छन् भने नेकपा एकीकृत समाजवादीकी निर्मला देवीले १ हजार १२० मत ल्याएकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad