निर्वाचन विशेष


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द्र विजयी

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द्र विजयी

बज्रध्वज वाइबा


नेपालखबर
जेठ ३, २०७९ मंगलबार १०:२, काठमाडौँ

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। 

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बज्रध्वज वाइबा निर्वाचित भएका हुन्। हरिहरपुरगढीमा माओवादी केन्द्र र कांग्रेसले गठबन्धन बनाएर चुनाव लडेका थिए।


अध्यक्षमा निर्वाचित हुने वाइवाले ४ हजार ७२९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर वाइबाले ३ हजार ६१६ मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा कांग्रेसका चेखबहादुर थिङ विजयी भएका छन्। थिङ ५ हजार ७०३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी निर्मला ठाडामगरले २ हजार ८५५मत मात्रै प्राप्त गरेकी छन्।

गाउँपालिकाका ८ वटा वडामध्ये ६ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने एमाले र कांग्रेसले एकएक वडा जितेका छन्। 

०७४ सालको स्थानीय तह निर्वाचनमा पनि हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द नै विजयी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad