दैलेखको नारायण नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। नगरको मेयर र उपमेयर दुबै पदमा एमाले विजयी भएको हो।
मेयरमा एमालेका लोमन शर्मा ५ हजार ४३६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी निर्मलाकुमारी खड्काले ५ हजार ३५७ मत प्राप्त गरेकी छन्।
उपमेयरमा पनि एमाले उम्मेदवार नै विजयी भएकी छन्। एमालेकी तप्तकुमारी खड्का ५ हजार ६७३ मत ल्याएर विजयी भएकी हुन्।
उनका निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीकी सावित्री मल्लले ३ हजार ८३८ मत प्राप्त गरेकी छन्।
63
Shares

प्रतिक्रिया