निर्वाचन विशेष


भरतपुर महानगर :  रेनु दाहाल ३० मतले  अगाडि

भरतपुर महानगर :  रेनु दाहाल ३० मतले  अगाडि

नेपालखबर
जेठ ३, २०७९ मंगलबार ९:३५, भरतपुर

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी  रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ। दुई उम्मेदवारका मत अघि–पछि हुँदै वडा नम्बर ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि छिन्।

दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिइरहेकी छन् भने सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरहेका छन्। स्वतन्त्रबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले छ हजार ९८५ र राप्रपाका हिमला गुरुङले चार हजार ६४५ मत प्राप्त गरेका छन्। 

आज बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजाअनुसार वडा नं ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल दुई हजार ५३० मतका साथ विजयी भएका छन्। एमालेका उम्मेदवार भानुभक्त सापकोटाले एक हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गरेका छन्। 

वडा नं ५ को मतगणना थालिएको छ। भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाको माडी र इच्छाकामनाबाहेकका चार पालिकामा पाँचदलीय गठबन्धनको अग्रता छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad