निर्वाचन विशेष


नुवाकोटको सूर्यगढी गाउँपालिकामा कांग्रेस विजयी

नुवाकोटको सूर्यगढी गाउँपालिकामा कांग्रेस विजयी

नेपालखबर
जेठ ३, २०७९ मंगलबार ९:२९, काठमाडौँ

नुवाकोटको सूर्यगढी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएको हो।

कांग्रेसका सन्तबहादुर तामाङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् भने मञ्जु बुढाथोकी उपाध्यक्षमा विजयी भएकी छन्।

अध्यक्षमा निर्वाचित तामाङले ३ हजार ७५९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र रिजालले २ हजार ८८९ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा विजयी हुने बुढाथोकीले ३ हजार २०३ मत ल्याएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी गंगा आचार्यले २ हजार ९३२ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad